रिलायन्स स्पिनिङ मिल्सलाई ‘सर्वाधिक रोजगारदाता र सर्वाधिक निर्यातकर्ता’ पुरस्कार

 अनलाइनखबर

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले फेरि एकपटक सर्वाधिक रोजगारदाता र सर्वाधिक निर्यातकर्ताको पुरस्कार प्राप्त गरेको छ ।

रिलायन्सलाई नेपाल समुद्रपार निकासी पैठारी संघले उक्त पुरस्कार प्रदान गरेको हो । हालै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले रिलायन्सलाई संघको उक्त पुरस्कार प्रदान गरेका थिए ।

रिलायन्सले पाएको यो पुरस्कारले उत्कृष्टता, रोजगार सिर्जना, विश्वव्यापी व्यापार लगायत समग्र मुलुकको विकासमा गरेको योगदानलाई उजागर गरेको संघले जनाएको छ ।

रिलायन्स लगायत ठूला उद्योगले सरकारी प्रोत्साहन समयमै नआउने र आईपीओ स्वीकृतिमा अनावश्यक अडचन जस्ता समस्या झेल्नुपरिरहेको अवस्थामा पनि कम्पनीले महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएको जनाएको छ ।

रिलायन्सका अनुसार यस्ता उपलब्धि हासिल गर्दा पनि कम्पनीले सरकारी नीति र प्रक्रियामा केही चुनौती सामना गर्नुपरेको छ । अवरोध हटाइ व्यवसायमा थप प्रोत्साहन दिनुपर्ने सरकारको कर्तव्य हो ।