नेपालको उत्पादन अब थाई बजारमा

कान्तिपुर

काठमाडौँ — जनता एग्रो एन्ड फरेस्ट्री र थाइल्यान्डको बैंककस्थित रहेको बिजम्याच सोलुसनबीच नेपालमा उत्पादन गरिएका वस्तुलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सम्झौता भएको छ ।

हालै सम्पन्न उक्त सम्झौतामा बिजम्याचका अध्यक्ष तथा सहसंस्थापक चित्रा मङ्गमा र जनता एग्रोका मार्केटिङ म्यानेजर आशिष सिलवाल तथा निशा देवकोटाले हस्ताक्षर गरे ।

सो सम्झौतासँगै बैंककमा नेपाली उत्पादनलाई निर्यात गरी ‘मेड इन नेपाल’ भनी बजारीकरण गर्ने योजना रहेको कम्पनीले जानकारी दिएको छ । जनता एग्रोले नेपालमा उत्पादित वस्तुको विश्वबजारमा बजारीकरण गर्दै आएको बताइएको छ ।