ट्राइकोटलाई ‘एक्सपोर्ट एक्सिलेन्स अवार्ड’ 

कान्तिपुर 

काठमाडौँ — ललितपुर उद्योग वाणिज्य संघले पस्मिना निर्यातकर्ता कम्पनी ट्राइकोर्टलाई ‘एक्सपोर्ट एक्सिलेन्स अवार्ड २०२४’ बाट सम्मानित गरिएको छ । संघले बुनाइ कपडा निर्यात गर्नेमा देशकै पहिलो स्थानमा परेकाले ट्राइकोटलाई सम्मान गरिएको जानकारी दिएको छ ।

पछिल्लो पाँच वर्षमा ट्राइकोटले १ अर्ब ९४ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ । यसैगरी नेपाली बजारमा करिब १७ करोड रुपैयाँ बराबरको कपडा बिक्री गरिसकेको कम्पनीले जानकारी दिएको छ ।

‘हामीले अहिले विश्वका नाम चलेका चर्चित ब्रान्डका कम्पनीहरूलाई आफ्ना उत्पादन निर्यात गर्दै आएका छौं,’ ट्राइकोटका प्रबन्धनिर्देशक शक्ति गोल्यानले भने ।

कम्पनीले ‘वुलन र कटन’ को धागोबाट बन्ने पस्मिना स्वेटर, सल, टोपी र मोजाजस्ता पुरुष तथा महिलाका लागि कपडा बनाएर निर्यात गर्दै आएको छ । विराटनगरमा उद्योग रहेको ट्राइकोटमा हाल ३५० भन्दा बढी कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् ।