हाम्राे अर्थ
काठमाडौं । नेपालमा धागो उद्योगको आवश्यक देखिएपछि २७ वर्षअघि रिलायन्स स्पिनिङ मिल्स स्थापना भएको हो । जुन उद्देश्य लिएर उद्योग स्थापना भएको थियो २७ वर्षे यो गौरवमय इतिहासको यात्रा सोही अनुसार अघि बढ्न सफल भएको छ । स्थापनाको यो अवधिमा उद्योगले प्राप्त गरेको यो विरासत वा लाभ उद्योगी आफैले मात्रै उपयोग नगरेर आम नागरिकमा बाड्ने प्रयोजनका साथ बुक बिल्डिङमार्फत उद्योगले आईपीओ निष्काशन सुरु गरेको छ ।
पिछडिएका वर्ग र समुदायलाई रोजगारी दिएर सुरु भएको यो उद्योग अहिले देशकै ठूलो निर्यात उद्योग बनेको छ । उद्योगले सुरुको समयदेखि गुणस्तरमा देखाएको एकरुपताको कारण विश्व बजारका ठूला कम्पनीले समेत उद्योगलाई पछि पार्न सकेका छैनन्, आफ्नै प्रभुत्व निरन्तर जमाउन सक्षम भएको छ । जसले रिलायन्स स्पिनिङ मिल्सबाट उत्पादित धागो उपयोग गर्यो, त्यसपछि निरन्तर रुपमा त्यहि प्रडक्ट रुचाउनु कम्पनीका लागि मान र प्रतिष्ठामात्रै कायम गरेको छैन निधक्क उत्पादन र व्यापारको सुनिश्चिता पनि प्रदान गरेको छ ।
उद्योगी पवन गोल्यानलाई यो उद्योग चलाउन सहयोग गर्ने दुई परिवार छन् । एउटा उत्पादनको पाटोमा काम गर्ने परिवार (कामदार) र अर्को बायरको पाटो । जसले उनको उद्योगलाई यो अवस्थासम्म ल्याउन सहयोग गरे । भनाइको अर्थ निर्यातमा जोडिएको रिलायन्सको अर्को परिवार हो । जो पहिलादेखि जोडियो अहिलेसम्म छुट्टिएको छैन, चाहे भारत होस् या टर्की ।
उनको यो परिवारले कहिले उनको साथ छाडेन । किनकी कर्मचारीलाई उद्योगले दिएको सेवा सुविधा र गुणस्तरीय उत्पादन तथा सापेक्षित प्राइसका कारण उद्योगको यी परिवार अहिलेसम्म नछुटिटटएका हुन् । घाटा व्यहोर्दाको अवस्था होस या बढी नाफा हुँदाको अवस्था, कहिले गुणस्तरमा कम्परामाइज गरेन उद्योगले
नेपालको विकासको लागि नेपालमा धागो उद्योगको पोटेन्सियल छ र भारतलाई पनि जोड्न सकिन्छ भनी स्थापना भएको उद्योगललाई विस्तारै राम्रो बनाउन सकिया भने अरु देशहरुमा पनि एक्सपोर्ट गर्न सकिन्छ भन्ने थियो । अहिले उद्योगको ३५ प्रतिशत उत्पादन भारतमा जान्छ र ५० प्रतिशत टर्की, यमन भेयतनामलगायतका मुलुकमा भने बाँकी १५ प्रतिशत स्वदेशी बजारमा खपत हुने गरेको छ ।
नेपाली कामदारलाई काम
एकै पटक २५ हजारलाई रोजगारी दिएर सुरु भएको उद्योगमा काम गर्ने कामदारहरूको उद्योगप्रतिको अपनत्वका कारण कहिल्यै उद्योग बन्द गर्नु पर्ने अवस्था आएन । वर्षमा होलीको एक दिन र अन्तर्राष्ट्रिय श्रम दिवसको दिन बाहेक ३६३ दिन उद्योग चल्छ । उस्तै परे तीन सिफ्टमा काम हुन्छ । नत्र दुई सिफ्ट त उद्योगको रेगुलर प्रोसेस नै हो ।
नेपाली कामदारहरूलाई काम दिनुपर्छ भनेर स्थापना भएको उद्योगका भ्यालु एडिशन हुँदै गयो । त्यतिमात्रै होइन नेपाली कामदारले काम गर्दैनन् भन्ने कन्सेप्टसम्म परिवर्तन भएको छ । भारतबाट ३ सय जना कामदार ल्याएर सुरु भएको उद्योगमा अहिले हाइ टेक्निसिएन बाहेक करिब ४ हजार ४ सयले रोजगारी पाएका छन् । अहिले पनि केहि टेक्निसियन भारतीय नै भएपनि अन्य सबै नेपाली हुन् ।
उद्योग आफैले तयार पार्छ कामदार
नेपाली कामदारलाई प्राथमिकता राखेर सुरु भएको उद्योग आफैले तालिम दिएर तालिम दिएर कामदार तयार पारेको हो । नेपाली कामदाले नै अहिले उद्योगको मोर्चा सम्हाल्न थालेका छन् । सुरुका दिनमै २५ सयलाई रोजगारी दिएको उद्योगले कर्मचारीलाई तालिम दिनको लागि त्यति बेला नै १७ करोड रुपैयाँ खर्च गरेको थियो । अहिले पनि विभिन्न विदेशी संस्थाको सहयोगमा तालिम दिएर आफूलाई आवश्यक पर्ने कामदार आफैले उत्पादन गर्दै आएको छ ।
पछिल्लो समय नेपाली कामदारले नै सुभरभाइजरको दायित्व सम्हाल्न थालेपछि उद्योगमा भारतीय प्राविधिक घट्ने क्रम जारी छ । विस्तारै सुपरभाइजरको ट्रेनिंग पनि सुरु भयो । तालिम लिएको ३ महिनापछि मात्रै उनीहरूले उद्योगमा काम सुरु गर्ने हुन् ।
त्यतिबेला इटहरीमा सरकारी मातहतकै ट्रेडिङ सेन्टर थियो उद्योगमा प्रवेश गर्नुअघि कामदारलाई त्योे तालिम सेन्टरमा तालिम लिन लगाएर त्यसपछि उद्योगले तालिमका दिने गरेको थियो । त्यो तालिममा उद्योग भनेको के हो ? लेभर भनेको के हो ? सुपरभाइजर र म्यानेजर भनेको के हो भन्ने तालिम दिइन्थ्यो । उद्योगको तालिममा कामदारहरूलाई कामको स्किलमात्रै विकास गराइदैन कानुनले दिएको हक, अधिकार, कर्तव्य र कामदारको दायित्व साथै थप कर्पोरेट कल्चरमा काम गर्ने अनुशासन पनि उद्योगले नै सिकायो ।
महिला र फरक क्षमताका मानिसले काम गरेपछि इफिसियन्सी बढ्यो
उद्योगले पिछडिएका महिलालाई मात्रै काम दिएको छैन, फरक क्षमता भएका मानिसलाई पनि उत्तिकै स–सम्मानका साथ रोजगारी दिएको छ । महिला र फरक क्षमता भएका मानिसले उद्योगमा काम गर्न थालेपछि उत्पादकत्वको इफिसियन्सी बढ्नुका साथै उत्पादकत्व पनि बढेको छ ।
इमान्दार भएर कामलाई फोकस गर्ने महिलाहरूले नै उद्योगलाई यो अवस्थामा पुर्याउन थप योगदान गरेका छन् । फरक क्षमता भएकाले अझ राम्रो र डेडिकेट भएर काम गरिरहेका छन् । काँधमा काँध मिलाएर उद्योगमा काम गर्ने महिला बढ्दै गएपछि उद्योगको इफिसेन्सी ९५ प्रतिशतबाट बढेर ९७ प्रतिशत पुगेको छ । रिलायन्समा काम गर्ने अहिले विदेश जाँदैनन् । ५/७ वर्षअघि महिनामा १ हजार कामदार सटेज हुन्थ्यो अहिले घट्दै गएर सय डेढ सयमा सीमित भएको छ ।
त्यतिमात्रै होइन उद्योगको अर्को महत्वपूर्ण विशेषता भनेको तालिम अवधिमै ट्रेनीलाई तलबको सुविधा दिनु पनि हो । बस्नको लागि क्वाटर, खानको लागि सस्तो सफा र स्वच्छ क्यान्टिन, टहलिनको लागि बगैंचा तथा खुला मैदान, विभिन्न खेलको प्रतिस्पर्धा, बालबालिकाको लागि ‘डे’ केयर सन्टर तथा बच्चाबच्चीलाई पढाउनको लागि स्कूलसम्म पुर्याउन लाने ल्याउने बससम्मको सुविधा उद्योगले दिएको छ ।
सुत्केरी महिलाहरूको लागि बस्न, साना बच्चाहरुलाई खेल्न, डुल्न सहज र सुविधा होस् भनेर उद्योगले नै दुई तल्लाको घर बनाइ दिएको छ । यस्तो सुविधा अहिलेसम्म सबैभन्दा राम्रो कर्पोरट कल्चर भएको भन्ने बैंकहरूले समेत दिन सकेका छैनन् । उद्योगले त्यहाँको रेडक्रसँग मिलेर एम्बुलेन्स पनि सञ्चालन गरेको छ । ५ किलोमिटरको दुरीमा केहि भयो त्यो स्थानीयलाई समेत एम्बुलेन्सले सेवा दिन्छ ।
कामदारका बालबच्चालाई १२ कक्षासम्म निः शुल्क शिक्षा, उद्योगमा कुनै किसिमको घटना वा परिघटना नहोस् भनेर नियमित साइकोेटिक परामर्श तथा डाक्टरको चेकजाँचलगायतको सुविधाका कारण उनीहरूले घर तथा परिवारनै उद्योग मै पाएका छन् । यहि कारणले हत्तपत्त रिलायन्स कसैले पनि छाडिहाल्दैन ।
यदि कुनै पनि उद्योगीले काम गर्ने कामदारलाई आफ्नो बिजनेश पार्टर जस्तो बनाएर काम गर्यो भने सहजै प्रतिफल पाउन सकिन्छ भन्ने मूल मान्यता र सिद्धान्त बोकेर अघि बढेका उद्योगी पवन गोल्यानको बेष्ट म्यानेजमेन्ट स्किलकै कारण उद्योग यो उचाइमा पुग्न सफल भएको हो । निरास हुनुपर्ने दिन कहिले आएन, उनको जीवनमा । कामदारलाई आफ्नो बनाउन सकियो भने अर्थात उनीहरूमा अपनत्व सिर्जना गर्न सकियो भने बढी बेनिफिट लिन सकिने गोल्यानले राम्रोसँग बुझेका छन् ।
कोभिडका बेलामा पनि कामदारले पाए नियमित काम
कोभिडका बेला सबै उद्योगधन्दा बन्द भए । कामदारहरूको रोजी रोटी नै संकटमा पर्यो । तर, रिलायन्सले कोभिडभरी नै आफ्नो कामदारलाई स्वास्थ्यको मापदण्ड भित्र राखेर उच्च सर्तकताका साथ काममा लगायो । उद्योगमा काम गर्ने कामदारले पनि उच्च मनोबलका साथ काम गरे र त्यतिबेला उत्पादन र निर्यात दुबैको रेकर्ड ब्रेक भयो । डिमाण्ड साइड पनि त्यस्तै थियो । १२÷१२ घण्टा काम भयो । त्यो बेला रेकर्ड प्रडक्शन र रेकर्ड नाफा भयो ।
अन्य उद्योगी कसरी कामदारलाई पैसा नदिने भनेर पन्छिरह्ँदा गोल्यानको उद्योगले भने इतिहासमा रेकर्ड प्रडक्शन गर्यो । सहज रुपमा काम भयो । त्यति बेला भारत र टर्कीमा एक दमै बढी डिमाण्ड थियो । उद्योगले सहजै आपूर्ति पनि गर्न सक्यो । टं«क र डेडिकेटेड लाइनको विषयमा पनि कामदारनै अगाडि बढेर उद्योग खोल्न लागिपरेका हुन् । सरकार र उद्योगीबीचको कुरा हामीलाई थाहा छैन, हामी जान्दैनौ, हामी त्यतिमात्रै जान्छौ हामीलाई काम चाहियो, काम भएन भने माम कसरी जुट्छ उनीहरूको त्यतिबेला सरकारलाई प्रश्न गरेका थिए ।
यदि त्यतिबेला उद्योग बन्द गरेको भए ५ हजार जनाको परिवारमा त्यतिखेरै समस्या आउने थियो । कोभिडको समयमा पार्लिमेन्टबाट अनुमति लिएपछि जिल्ला प्रशासन कार्यालयबाट समेत अनुमति लिनुपर्ने भएको १७ दिनमात्रै उद्योग बन्द भएको हो । अन्य बेला उद्योगमा कुनै अप्ठ्यारो परिस्थिति आएन ।
त्यति बेला कामदारको ध्यान उद्योग बचाउनेमा गयो । आमालाई बचाउन सकिएन भने हामीलाई कस्ले बताउँछ भन्नेमा कामदारको ध्यान थियोे । उद्योग बन्द भयो भने दिनमा ५० लाख रुपैयाँको नोक्सान हुन्छ । आमालाई बचाउन सकियो भने आफू पनि स्वस्थ भएर बाच्न सक्ने उनीहरूले सिकेका थिए । कर्मचारीहरूले उद्योगलाई कति माया गर्छन भन्ने कुरा उनीहरू कहिले एक टुक्रा धागो समेत नास नगर्नुले प्रमाणित गरेको छ । विदेशका अन्य उद्योगमा देख्न नपाइने अभ्यास रिलाइन्सले गरिरहेको छ । कामदार आफ्नो बनाउन सक्नु नै एक उद्योगपतिको लागि सबैभन्दा ठूलो पुँजी भएको उदाहरण हो रिलायन्स ।
अहिले एक्स्पान्सन स्टेबल भएपछि १ वर्षपछि रिलायन्स झापामा पनि
पछिल्लो समय साढे ३ अर्ब रुपैयाँ लगाएर उद्योग एक्स्पान्स भएको छ । अहिले गरिएको एक्स्पान्सन स्टेबल हुन एक वर्ष लाग्ने भएकोले अर्को वर्षदेखि दुहवी इनरुवा करिडोरमा अर्को उद्योग स्थापना हुँदैछ । यो पनि रिलायन्सकै हो ।
यसका लागि झापाको इनरुवामा २५ विगा जमिन लिइसकेको छ । पिडडिएको बस्तीलाई काम दिने हिसाबले उद्योग त्यहाँ एक्स्पान्सन हुन लागको हो । घरदैलोमै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ उद्योग त्यहाँ पनि विस्तार गर्न लागिएको उद्योग सञ्चालक गोल्यान बताउँछन् ।
कृषिमा देशलाई आत्मनिर्भर बनाउने अभियानमा लागेका गोल्यान देशमा विभिन्न भू–भागमा कपास खेती गर्न चाहन्छन् । भारतीको भन्दा गुणस्तरीय कपास पल्ने नेपालमै कच्चा पदार्थ उत्पादन गरेर उनी जतिसक्दो धेरै रोजगारी सिर्जना गर्नेमा लागि परेका छन् । धागोलाई अझ बढी मजबुद बनाउन उनी अल्लोको पनि काम भइरहेको छ । नेपालमा रहेका तीन हजार उद्योगलाई उनकै उद्योगबाट धागो सप्लाइ भइरहेको छ ।
त्यतिमात्रै होइन उनले धागोको गुणस्तर मापन गर्नको लागि मिनी स्पिपिङ मिल्स पनि स्थापना गरेका छन् । त्यसमा साना साना मेशिनहरू जडान गरिएको छ । त्यो उद्योगमा धागोको ट्रयाल परीक्षणपछि मात्रै व्यवसायीक धागो उत्पादन सुरु गर्ने उद्योगले ।
भ्यालू एडिशन हुने वस्तुमा पाइलट प्रोजेक्ट बनाउने तयारी
नेपालमा वार्षिक रुपमा धेरै गम्चा (टावल) खपत भएपनि अहिलेसम्म कुनै उद्योग स्थापना भएको छैन । दैनिक उपयोग हुने तर नेपालमा उत्पादन नहुने वस्तु बनाउने तयारीमा उनी छन् । नेपालमा खपत हुने गम्चा सबै बाहिरबाट आउँछ । गम्चा उद्योगको लागि पाइलट प्रोजेक्ट बनाए्र दिने तयारीमा छन् गोल्यान । सुइटर उद्योगको नेपालमा त्यस्तै अवस्था थियो । अहिले स्कूलको सुइटरहरू नेपालमै बन्छ । करिब आत्म निर्भर बनिसकेका छौ । टेक्सटायल भ्यालु चेन्ज गर्न सकिने ठूलो सम्भावना भएको उदोग हो । यसका लागि पनि पाइलट प्रोजेक्ट बनाउने तयारीमा उद्योगी छन् । हामीले बाटो देखाउँदै जाने हो’, उनी भन्छन् ।
फाइनान्सियल डिसिप्लेनमा उद्योग
उद्योग स्थापनाको यो अवधिमा के के भयो भयो । खोलामा धेरै पानी बगे। देशको शासन सत्ता नै परिवर्तन भयो, विभिन्न संकट र अप्ठ्यारो परिस्थितिहरू आए । कहिले जनआन्दोलन भयो कहिले कोभिड भयो । तर, उद्योगले बैंकको फाइनान्स तिर्न एक दिन पनि ढिला गरेन । उद्योग जहिले पनि जस्तो सुकै परिस्थितिमा पनि फाइनान्सियल डिसिपेनमा बस्यो । इन्टरप्राइजेज भएर उद्योग चलेको छ ।
आईपीओको पैसा उद्योग एक्स्पान्समा खर्च गर्छन गोल्यानले
हिजो सुरु भएको उद्योगको आईपीओबाट जुटेको पैसा कता लैजानु हुन्छ भन्ने जिज्ञाशामा गोल्यानले उत्तर प्रोजेक्ट एक्सपान्समा । सम्भवत दुहबी इनरुवा करिडोरमा उद्योग स्थापना हुन लागेको उद्योगमा आईपीओबाट उठको पैसा खर्च गर्ने उनको योजना छ । त्यतिमात्रै होइन स्थापना कालदेखि सधै राम्रो प्रतिफल दिदै आएको उद्योगले अहिले आईपीओ भर्ने सबैलाई यसै वर्षको प्रतिफल दिने ल्याकत पनि उद्योगले राख्ने देखिन्छ ।
ट्रंक र डेडिकेटेड लाइनको शुल्क
रिलायन्स स्पिनिङ मिल्सको बिजुलीको बक्यौक्ता भुक्तानी १ अर्ब ९४ करोड पुगेको दावी सरकारको छ । खाएको बिष लाग्छ नखाएको लाग्दैन भने दृढ मनोबलका साथ बसेका गोल्यान भन्छन् ‘हामीले त्यो पैसा तिर्न नै पर्दैन । कथम कदाचित तिर्नै पर्ने अवस्था आयो भने पनि तिर्ने ७३ करोडमात्रै हो । रिलाइन्सले महिनामै ४ करोड बिजुलीको बिल तिर्छ ।
रिलायन्सको लागि त्यो पैसा ठूलो पैसा भएन । फेरि स्टलमेन्टमा तिर्ने कुरा आएको छ । पैसा तिर्नै पर्ने समय आयो भने पनि महिनामा एक करोड थपेर तिर्दा गाह्रो पर्दैन । ५ देखि १० वर्षको लागि हो स्टलमेन्टमा तिर्न दिने सरकारले भनिरहेको छ । ब्याज र पेनाल्टी तिर्न नपर्ने पनि हुन्छ । अगाडि र पछाडिको कटाउने हो भने उद्योगले तिर्नुपर्ने रकम जम्मा ६० करोडमात्रै हुन्छ । यो शुल्क तिर्नै पर्दैन भन्ने उनको दावी हो । तर तिर्नै पर्ने अवस्था आयो भने पनि सरकारलाई तिर्दा उद्योगमा ठूलो हानी नोक्सानी केही हुँदेन ।
#RelianceSpinningMills #रिलायन्स स्पिनिङ मिल्स #Manufacturing #GolyanGroup #RSML