पियोर एनर्जी ऊर्जा क्षेत्रमा गरेको योगदानको लागि सम्मानित

Samacharpati

काठमाडौं । डिसेम्बर २०२३ देखि संचालन आएको पियोर एनर्जी १ विद्युत विभाग विकासको ३१ औं वार्षिक कार्यक्रममा ऊर्जा क्षेत्रमा गरेको योगदानको लागि सम्मानित भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले गोल्यान ग्रुपका इनर्जी बिजनेसका प्रमुख कार्यकारी अधिकृत प्रवीण अर्याललाई सम्मान गर्नुभएको छ ।

पियोर इनर्जी लिमिटेड गोल्यान ग्रुपको ऊर्जा लगानी अर्थात व्यपारको एक सहायक कम्पनी हो, जुन बाँके जिल्लाको खजुरा गाउँपालिका, रानियापुरमा २० मेगावाट विद्युत योजना संचालिन छ । उक्त योजनामा पियोर इनर्जी लिमिटेर्ड १ र पियोर इनर्जी लिमिटेड २ रहेका छन्, जसले १० मेगावाट सोलर ऊर्जा उत्पादन गर्दछ । पियोर इनर्जी लिमिटेड २ ले मे २०२३ मा परिचालन गर्दै कम्मिशनिङ मार्गमा आएको छ र यसले विद्युत विभागबाट मान्यता प्राप्त गरिसकेको छ । त्यस्तै, डिसेम्बर २०२३ देखि संचालन आएको पियोर एनर्जी १ विद्युत विभाग विकासको ३१ औं वार्षिक कार्यक्रममा ऊर्जा क्षेत्रमा गरेको योगदानको लागि सम्मानित भएको छ ।

पियोर इनर्जी लिमिटेड १ र पियोर इनर्जी लिमिटेड २ को कम्मिशनिङको साथै, पियोर इनर्जी लिमिटेड निजी लगानीमा संचालित सर्वश्रेष्ठ आत्मनिर्भर सोलर विद्युत उत्पादक उर्जाको स्रोत बन्न सफल भएको छ । जसमा २० मेगावाटको सोलर ऊर्जाको योगदान छ । यसबाट निजी लगानीको विद्युत उत्पादनको कुल मात्रा ६५.७ मेगावाट भएको छ ।

यस सफलताले पियोर इनर्जी लिमिटेड को ऊर्जामा योगदान र प्रगतिको कार्र्यमा एक महत्वपूर्ण उपलब्धीको चिन्ह हो । ग्रीन भविष्य प्रोत्साहन गर्नका लागि यातायातमा यसको महत्वपूर्ण योगदान रहने छ ।