गोल्याण ग्रुपको अन्तर्गतको ‘माटो’ ब्राण्ड र नेपाल बास्केटबल संघ बिच सम्झौता


गोदावरी न्युज

नेपालको व्यवसायिक घराना गोल्याण ग्रुपको अन्तर्गतको ‘माटो’ ब्राण्ड र नेपाल बास्केटबल संघले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा नेपाल बास्केट बलका अध्यक्ष भीमसिंह गुरुङ र ‘माटो’ ब्राण्डका प्रवन्धक कुमार सानुले मंगलबार उक्त पत्रमा हस्ताक्षर गरेका हुन् ।  
हाम्रो स्वास्थ्य र एथलेटिक उत्कृष्टता दुवैलाई च्याम्पियन बनाउँदै अगाडि बढाउने प्लेटफर्म सिर्जना गर्ने प्रतिबद्धता सहित गोल्याण ग्रुपको मुख्यालयमा सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

नेपालमा महिला खेलकुदको विकासमा सहयोग गर्दै, ‘माटो’ लाई लैङ्गिक समानता र सशक्तिकरणको च्याम्पियन ब्रान्डको रूपमा स्थापित गर्ने उदेश्य  तथा स्थानीय र अन्तर्राष्ट्रिय रूपमा ब्रान्डलाई विस्तार गर्दै खेलकुदमा महिलाहरूलाई समर्थन गर्ने माटोको प्रतिबद्धता रहेको छ ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै नेपाल बास्केटबल संघका अध्यक्ष गुरुङले भने ‘सम्झौताले संस्थाका लागि नयाँ नयाँ बाटो खुल्दै साझा दृष्टिकोणमा खेलाडीहरुलाई अगाडि बढ्ने उर्जा प्रदान गर्न सहयोग मिल्नेछ ।’ संघका अध्यक्ष गुरुङले बास्केट बल टोलीलाई सहयोग गरेकोमा ‘माटो’  लाई धन्यवाद दिए । 

‘माटो’ ब्राण्डमा रहेका स्वस्थ्यकर प्रोडक्डहरु नेपाल बास्केटबल संघका खेलाडीहरुलाई प्रदान गरिने छ जसले गर्दा खेलाडीहरुलाई थप हौसला प्राप्त हुने विश्वास गरीएको छ । यहि सेप्टेम्बर १४ देखि १८ सम्म सिक्किममा हुन गइरहेको ‘सिक्किम स्टेट ओपन्ज बास्केटबल टुर्नामेन्ट २०२४’मा सहभागी हुने खेलाडीहरुलाई ‘माटो’ ले उपहार स्वरुप विभिन्न पोडक्डहरु पनि प्रदान गरेको छ ।  

स्वस्थ्य मानव शरीरका लागि आवश्यक पर्ने स्वच्छ, स्वस्थ्य तथा पौष्टिक खानेकुरा तथा स्वस्थ्य जीवनशैलीमा महत्वपुर्ण योगदान गर्दै आईरहेको ब्राण्ड ‘माटो’ ले खेलाडीहरुलाई अझै तन्दु्ररुस्त हुन महत्वपुर्ण योगदान पुर्याउने बताइएको छ । खेलाडीलाई पोषणयुक्त खानेकुरा उपलब्ध गराई अझै उत्साह थप्न ‘माटो’सधैव साथमा रहिरहने प्रवन्धक कुमार सानुले प्रतिबद्धता गरेका छन् । सम्झौता अहिले एक वर्षका लागि रहने र आउने वर्षहरुमा पनि यसले निरन्तरता पाउनेमा आफू विश्वस्त रहेको ‘माटो’ ‘माटो’का प्रवन्धक कुमार सानुले बताए । 

अर्गानिक उत्पादन तथा किसानका हक हितका निम्ती काम गर्ने उदेश्यका साथ स्थापना भएको ब्राण्ड  ‘माटो’ ले अर्गानिक कृृृषि उत्पादन बढाउने झापा लगायत विभिन्न ठाउँहरुमा गोल्यान एग्रो मार्फत आफैँ खेती गरीरहेको छ । बिषादीरहित कृषि उपजको उत्पादन गरेर मानव स्वास्थ्यका निम्ती उकृष्ट कार्य गर्दै आइरहेको छ ।